रूसी अर्बपतिहरूको स्वर्ग

एजेन्सी । मध्य लन्डनको बेल्ग्राभिया क्षेत्रको मुटुमा एउटा यस्तो ठाउँ छ, जसलाई त्यहाँका बासिन्दा ‘रेड स्क्वायर’ भनेर चिन्छन् । ईटन स्क्वायरमा पाँचतले दरवार छ, जसमा टेनिस कोर्टसहितक निजी बगैंचालगायतका सुविधा पनि छन् । तर, यो मस्कोको प्रसिद्ध रेड स्क्वायरको तुलनामा भने केही पनि होइन । यद्यपि यी दुवै ठाउँमा एउटा विशेष कुरा छ, यहाँ ठूलो संख्यामा रुसी मानिस बस्छन् ।

एक दशकभन्दा बढी समयदेखि रुसीहरूले ईटन स्क्वायरलगायत धेरै मुख्य क्षेत्रमा करोडौं डलरको सम्पत्ति खरिद गरिरहेका छन् । संसारको सबैभन्दा सुन्दर क्षेत्रहरूमध्ये एक बेल्ग्राभियामा रूसी पैसामा बनेको यही दरवार, मार्च महिनाको मध्यमा लन्डनवासीको विरोध प्रदर्शनको केन्द्र बन्यो । प्रदर्शनकारीहरूको एउटा समूहले बेलग्रेभ स्क्वायरको ५ नम्बर हवेली कब्जा गरेको थियो ।

यी करोडौं डलरको सम्पत्ति ओलेग डेरिपास्काको हो । उनी भ्लादिमिर पुटिनसँग सम्बन्धित छन् र एक धनाढ्य पनि हुन् । यो सम्पत्ति ब्रिटिश सरकारद्वारा अनुमोदित छ । यही विलासी बंगलाको झ्यालबाट, एक प्रदर्शनकारीले पत्रकारहरुलाई भने, यो हवेलीलाई यसकारण कब्जा गरेका हुन् कि उनीहरू यसलाई युक्रेनी शरणर्थीका लागि आश्रयस्थल बनाउन चाहन्छन् । ति युक्रेनी, जो रुसी युद्धका कारण देश छाड्न वाध्य भएका छन् । कब्जा गर्ने समूहले यी हवेली निकै विलासी रहेको, सिनेमा हलदेखि लिएर धेरै कलाकृतिसम्मका दुई सयवटा कोठा रहेको बताएको छ । यहाँ यतिधेरै कुरा छ कि जुन कुनै पनि सामान्य व्यक्तिलाई आवश्यक पर्दैन ।

अहिले बेलायतमा रहेका एक हजार रुसी, उनीहरुका कम्पनी र अन्य व्यापारिक संस्थामाथि प्रतिबन्ध लगाइएको छ । यसमा ५० भन्दा बढी कुलीनवर्ग र तिनका परिवारहरू समावेश छन् । उनीहरुको कुल सम्पत्ति एक सय अर्ब पाउण्ड छ । यसपछि भने मानिसहरूले लन्डनग्राड समाप्त हुनसक्छ भन्ने महसुस गर्न थालेका छन् ।

बेलायतको कानुन नै कारण


भ्रष्टाचार विरोधी संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलले बेलायतको कम्तिमा १.५ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रुसीहरूको रहेको पहिचान गरेको छ । सम्पत्तिको स्रोतको भने कुनै कारण देखिएको छैन । साथै, यो सम्पत्तिको रसियासँगको सम्बन्ध पनि खुलासा भएको छ ।

सम्पत्तिको स्रोतको भने कुनै कारण देखिएको छैन । साथै, यो सम्पत्तिको रसियासँगको सम्बन्ध पनि खुलासा भएको छ ।
रुसी अर्बपतिहरूले लन्डनभर घर मात्रै किनेका छैनन्, चेल्सीजस्ता चर्चित प्रिमियर लिग फुटबल क्लब, स्कटल्याण्डका ठूला सम्पदा र लन्डन इभनिङ स्ट्यान्डर्डजस्ता मिडिया आउटलेटहरू पनि किनेका छन् ।

यो सबै सन् १९९० को दशकदेखि सुरु भएको थियो । मार्क होलिङ्सवर्थ भन्छन्, ‘निजीकरणसँगै धेरै पैसा कमाएपछि, मिखाइल खोडोरकोभस्कीजस्ता धनाढ्यहरूले रूसबाट आफ्नो पैसा बाहिर निवेश गर्न चाहन्थे । उनीहरूलाई राज्यबाट सताइने डर थियो । त्यसैले उनीहरूले यसलाई विदेशी कम्पनी, विदेशी ट्रस्टहरूमा लगानी गर्न थाले । यसरी यो लन्डन पुग्यो । उनीहरूले यहाँ सम्पत्ति किने, लगानी गरे र बैंक खाताबाट पैसा कमाए ।’

विशेषज्ञका अनुसार, रूसी धनाढ्यहरूको आगमन ठूलो संख्यामा दुई पटक भयो । पहिलो पटक सन् १९९० मा भएको थियो, बोरिस येल्तसिन सरकारको समयमा । त्यतिबेला ठूला राज्य–स्वामित्व भएका कम्पनीलाई नाफाको बदलामा टाइकुनहरू छनोट गर्न कम मूल्यमा बेचिएको थियो । अनि दोस्रो पटक भ्लादिमिर पुटिनको पालामै, जसले विभिन्न सम्झौतामार्फत उनीहरूको लगानीलाई प्रोत्साहित गरे । सन् २००० को प्रारम्भमा, धेरै धनाढ्यहरूलाई पुटिन सरकारबाट सताइने डर थियो । यी खडोर्काेभस्की जस्तै मानिसहरू थिए । उनी रुसका सबैभन्दा धनी व्यक्ति थिए र फोब्र्सका अनुसार उनी विश्वका धनी व्यक्तिमध्येका एक थिए ।

तर, १९९० को दशकमा उनलाई कर छलीको मुद्दा लाग्यो र उनको सबै सम्पति सकियो । झण्डै एक दशक जेलमा बिताएपछि खोडार्काेभस्की अहिले निर्वासनमा छन् । उनका अनुशार, उनी पुटिनका भ्रष्ट अधिकारीहरूको शिकार भएका थिए ।

 उनी आफ्नो राजनीतिक महत्वाकांक्षासँग डराउँथे र आफ्नो व्यापार साम्राज्य सीमित गर्न चाहन्थे ।

मार्क होलिङ्सवर्थ बताउँछन्, ‘राजनीतिक उत्पीडनबाट बच्नका लागि, कुलीनहरूले लन्डनलाई आफ्नो नयाँ घर बनाए र यसलाई पैसा राख्नका लागि सबैभन्दा सुरक्षित ठाउँको रूपमा देखे । रूसी अधिकारीले उनीहरूमध्ये कसैलाई सुपुर्दगी गर्न अनुरोध गरे पनि उनीहरूका वकिललाई थाहा थियो कि बेलायतले उनीहरूलाई निकाल्दैन ।’ एक खोज पत्रकारका अनुशार, बेलायती कानुनी प्रणालीले नै धेरै मानिसलाई यो देशमा आफ्नो पैसा लगानी गर्न प्रोत्साहित गर्छ । ती दिनहरूमा, लन्डनमा धेरै वकिल, घर जग्गा एजेन्ट, बैंकर, सल्लाहकार र लेखापाल थिए, जसले रूसी धनाढ्यलाई लन्डनमा आफ्नो पैसा सार्न र लुकाउन मद्दत गर्ने प्रस्ताव गर्थे । रोमन अब्राहोमोभिचले सन् २००३ मा चेल्सी फुटबल क्लब किनेका थिए । जसले बेलायतमा धेरैको ध्यान आकर्षित ग¥यो । अनि मानिसहरूले सोच्न थाले कि यी धनाढ्यहरू को हुन् र तिनीहरूको पैसा कहाँबाट आयो ?

 एक दशकभन्दा बढी समयदेखि रुसीहरूले ईटन स्क्वायरलगायत धेरै मुख्य क्षेत्रमा करोडौं डलरको सम्पत्ति खरिद गरिरहेका छन् । संसारको सबैभन्दा सुन्दर क्षेत्रमध्ये एक बेल्ग्राभियामा रूसी पैसामा बनेको यही दरवार मार्चको मध्यमा लन्डनबासीको विरोध प्रदर्शनको केन्द्र बन्यो ।

लगानीको विरासत


लन्डन विश्वविद्यालयका कानुनका प्राध्यापक कोजो कोरम तर्क गर्छन्, लन्डनमा विदेशी ‘डर्टी मनी’ को प्रवाह पुरानो हो । यस वर्षको जनवरीमा, कोरमले आफ्नो पुस्तक ‘अनकमन वेल्थः ब्रिटेन एन्ड द आफ्टरमाथ अफ एम्पायर’ प्रकाशित गरे । जसमा उनले बेलायतको शाही सम्पदाले यसको कानुनी र वित्तीय प्रणालीलाई कसरी असर गरेको छ भनेर वर्णन गरे ।

उनले बीबीसी मुन्डोलाई भने, ‘लन्डनले रुसीहरू मात्र होइन साउदी अरेबिया, नाइजेरियाली धनाढ्य र चिनियाँ अर्बपतिहरूका लागि पनि ढोका खोलेको छ । तिनीहरू सबैले लन्डनलाई लगानीको लागि विदेशी गन्तव्यको रूपमा प्रयोग गर्छन् । ब्रिटिश साम्राज्यको पतनपछि उनले महत्वपूर्ण भूमिका खेले । त्यसैले यो शहर पुनस्थापित भयो । ‘ब्रिटिश ओभरसीज टेरिटोरी, केम्यान टापु, ब्रिटिस भर्जिन टापु र बर्मुडा लगानीको प्रमुख स्रोत हुन्, जुन हाल विश्वको तीनवटा ठूला कर हेवनमा पर्छन् ।’

‘गोल्ड भिसा’ सहितको विवादास्पद योजना
धेरै धनाढ्यहरू भर्खरै बेलायत आएका छन् । ‘गोल्डेन भिसा’ प्रणालीले उनीहरूलाई यहाँ आउन सजिलो बनायो । बेलायती सरकारमाथि आन्तरिक र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएकाले यस वर्षको फेब्रुअरीमा यो प्रणाली बन्द गर्नु पर्यो । सन् २००८ मा, बेलायती सरकारले टियर १ भिसा योजना ल्यायो र यसमार्फत आधिकारिक रूपमा विश्वभरका हजारौं अर्बपतिहरूका लागि देशको ढोका खोल्यो । १० लाख पाउण्ड लगानी गर्ने उद्यमीहरुलाई यो भिसा दिइएको हो ।

सन् २०१४ मा यो रकमको सीमा बढाएर २० मिलियन पाउन्ड बनाइएको थियो । कार्यक्रमले यी भिसा धारकहरूलाई बेलायतमा आफ्नो परिवारसँग स्थायी बसोबासको लागि आवेदन दिन अनुमति दिएको थियो । त्यसैले भनिन्छ, बेलायतमा तपाईले लगानी गरेको रकम अनुसार भिसा पाउनु हुनेछ । बेलायतको पदचिन्ह पछ्याउँदै पछिल्लो समय स्पेन, पोर्चुगल र ग्रीसजस्ता अन्य युरोपेली देशहरूले पनि कम लगानीमा यस्तै योजनाहरू प्रस्ताव गरेका छन् । तर, युक्रेनमा रुसी आक्रमणपछि स्पेन, पोर्चुगल र ग्रीसले रुसी नागरिकलाई गोल्डेन भिसा दिन बन्द गरेका छन् । बेलायतको गृह कार्यालयको तथ्यांकअनुसार यो कार्यक्रम सुरु भएदेखि अहिलेसम्म दुई हजार पाँच सय ८१ रुसी नागरिकलाई लगानीकर्ता भिसा जारी गरिएको छ ।

न्यानो स्वागत


देशमा रुसी हस्तक्षेपको दुई वर्षको अनुसन्धानपछि बेलायती संसदको खुफिया समितिले २०२० मा प्रतिवेदन प्रकाशित गरेको थियो । यसबाट बेलायतमा रुसको प्रभाव अब ‘नयाँ सामान्य’ भएको पुष्टि भएको छ । ‘बेलायतका सरकारहरूले क्रमशः रुसी कुलीनवर्ग र उनीहरूको पैसालाई खुला हातले स्वागत गरे,’ रिपोर्टमा भनिएको छ । पुटिनको नजिकका धेरै रुसीहरू छन् जो यहाँ व्यापार, राजनीति र सामाजिक जीवनमा विशेष गरी ‘लन्डनग्राद’ मा राम्ररी एकीकृत भएका छन् । बेलायती संसदको विदेश मामिला समितिले दुई वर्षअघि सार्वजनिक गरेको दोस्रो प्रतिवेदनअनुसार, रुसहुँदै पैसा भित्राउन मनी लान्ड्रिङ भइरहेको छ । तर, बेलायती सरकारले यो कुरालाई बेवास्ता गरेको छ ।

बेलायती सरकारले यो समस्यालाई बेवास्ता गरिरहन्छ र अन्ततः यसलाई प्रणालीमा प्रवेश गर्न अनुमति दिन्छ भन्ने धनाढ्यहरूको विश्वास छ । लण्डन विश्वविद्यालयका कोरम लामो समयसम्म बेलायतलाई आर्थिक लाभ दिने देखिएकाले सरकारले यसलाई बेवास्ता गरेको विश्वास गर्छन् ।
‘बेलायत एक ठूलो वित्तीय र कानूनी केन्द्र हो,’ उनी भन्छन् ‘तसर्थ, यहाँबाट धेरै पैसा सम्पूर्ण देश र यसको विदेशी क्षेत्रहरूमा पुग्छ । तर सामान्य बेलायती नागरिकको हकमा त्यस्तो हुँदैन ।’ बेलायतले आफूलाई यस्तो अपतटीय हबको रूपमा राखेकोले देशमा विशेष गरी लन्डनमा घरको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।

के ‘लन्डनग्राद’ समाप्त हुन्छ ?
अहिले बेलायतमा रहेका एक हजार रुसी, उनीहरुका कम्पनी र अन्य व्यापारिक संस्थामाथि प्रतिबन्ध लगाइएको छ । यसमा ५० भन्दा बढी कुलीनवर्ग र तिनका परिवारहरू समावेश छन् । उनीहरुको कुल सम्पत्ति एक सय अर्ब पाउण्ड छ । यसपछि भने मानिसहरूले लन्डनग्राड समाप्त हुनसक्छ भन्ने महसुस गर्न थालेका छन् ।

प्रतिबन्ध लगाइएकाहरुमा चेल्सी फुटबल क्लबका मालिक रोमन अब्राहोमोविच, अलिगार्च ओलेग डेरिपास्का र रुसी बैंक भिटीबीका अध्यक्ष आन्द्रे कोस्टिन पनि रहेका छन् । उनीहरूको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको छ । बेलायती सरकारले यी व्यक्तिहरूको व्यापारिक साम्राज्य, सम्पत्ति र सम्पर्कहरू रसियासँग नजिकको सम्बन्ध रहेको बताएको छ । तर, अब्राहिमोभिचले यसलाई अस्वीकार गरेका छन् । ‘अधिकांश कुलीनहरू लन्डनमा कहिल्यै धेरै बस्दैनन्, तर तिनीहरूको सम्पत्ति र पैसा यहाँ छ,’ होलिंग्सवर्थ भन्छन् । उनीहरूले यहाँ केही समय बिताएका होलान्, छोराछोरीलाई पढाउका होलान् । तर अहिलेको प्रतिबन्धहरूले लन्डनग्राडको अन्त्यको संकेत छ ।’ यो रुसको युक्रेनमाथि आक्रमणको प्रभाव हो ।
(बिबिसी हिन्दीबाट अनुवादित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..