पाँच जना डीआईजीलाई महानिरीक्षक शैलेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ५ जना डीआईजीलाई हल्चोकमा बिहिबार आयोजित बिषेश कार्यक्रममा दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको चैत्र ६ गतेको निर्णयले प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई.संदीप थापा प्राबिधिक समुह तथा ईन्जिनियरिङ तर्फ तथा प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन प्राबिधिक समुह स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समुह साधारण उपसमुह तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती भएका थिए ।


त्यसअबसरमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै उनिहरुले संगठनमा रहेर प्राप्त जिम्मेबारीका क्षेत्रहरुमा पुर्याएको योगदानको कदरगर्दै नेपाल सरकार तथा संगठनले बढुवा गरेको बताए ।


उनले बढुवासँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न त्यसै अबसरमा निर्देशन दिए ।


महानिरीक्षक खनालले शान्ति सुरक्षाको वातावरण निर्माणमा आ-आफ्नो ठाउँबाट ईमान्दारिता पुर्वक क्रियासिल रहेर राष्ट्रमा विकासको वातावरण निर्माणमा समेत योगदान पुर्याउदै राष्ट्रको सुरक्षा, जनताको सेवा, आपतविपद्मा परेका नागरिकहरुको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल नेतृत्वकासाथ कार्यसम्पादनमा जुट्न निर्देशन दिंदै सीमा अपराध नियन्त्रण, विभिन्न विपद्मा परेकाहरुको उद्धार, कोभिड-१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको बताए ।

उनले फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्दै आगामी निर्वाचन शान्तिपूर्ण तथा विश्वसनिय तवरले सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला सबैसग समन्वय गर्दै हाल रहेका सुरक्षा चुनौती तथा भोलीका दिनमा आउनसक्ने चुनौतीहरुलाई समेत परास्त गर्दै आवश्यक योजनानाकासाथ कार्यक्षेत्रमा खट्न सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअबसरमा निर्देशन दिए ।


उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारीणी पदाधीकारीहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..