सशस्त्र प्रहरीको टोलीले २ करोड ८५ लाखको सामान बरामद

पर्सा । पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।

गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो ।


बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..