Breaking News…..सिंह,धानुक र पन्त एआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक,वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो । 

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । पन्त आईजीपीकै ब्याची हुन । उनकी आईजीपीसँगै अवकाशमा जानेछन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् ।

आईजीपीका ब्याची एआईजीहरु अवकाशमा जाने भएपछि प्रहरीको भावि नेतृत्वका लागि एआईजीहरु  विश्वराज पोखरेल र सहकुल थापासंगै नयाँ थपिएका एआईजीबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..