नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..