सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको ठोरी गाउँपालिका क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ ।

पर्साको ठोरी-४निर्मलवस्ती बिओपी सुरुचि विजयवस्तिबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्याम बहादुर मग्रातीको कमाण्डमा खटेको ७ जनाको टोलीले निर्मलवस्तीबाट ब्रम्हनगर तर्फ जाँदै गरेको मो.सा.लाई चेकजाँच गर्न खोज्दा ५.३५० केजी गाँजा फाली व्यक्ति भागेको हुँदा उक्त गाँजा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, हे.क्वा. पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले चन्द्रसूर्यलाई जानकारी गराउनु भयो ।

गाँजा आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..