काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३७ हस्तबहादुर ठाडा मगरलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।उनलाई उच्च अदालत पाटनले २०७७ साल फागुन १३ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै एक करोड पाँच लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
मगरले बाराको निजगढस्थित बस्तीमा आफ्नो जग्गा भएको भन्दै विश्वासमा पारी १ करोड पाँच लाख बैना रकम लिएको र पछि नक्कली लालपुर्जा भएको थाहा पाएपछि उक्त रकम फिर्ता गर्दा जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
बानेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पाटन उच्च अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।


