‘युरेनियम’ कारोबार आशंकामा बौद्धबाट ६ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित पदार्थ युरेनियमको कारोबार गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले सोमबार राति हायात होटेलबाट गोपीलाल दास, रामकृष्ण लामिछाने, नवराज महत, नारायण यादव, सुरेन्द्रप्रसाद चौधरी र रामकृष्ण लामिछानेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसार अन्दाजी तीन केजी बराबरको युरेनियमसमेत बरामद गरिएको छ। प्रहरीले बरामद गरेको पदार्थ युरेनियम हो वा होइन भन्ने परीक्षणका लागि ल्याबमा पठाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले युरेनियमको कारोबार गरेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे। यसअघि २०७७ फागुनमा प्रहरीले बौद्धबाटै चार जनालाई युरेनियमको कारोबार गरेको भन्दै पक्राउ गरेको थियो।


युरेनियम प्राकृतिक पदार्थ हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्यवान् धातुका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्धमा जापानमा हानिएको पारमाणु बममा यो धातुको प्रयोग भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..