शुक्रबार सर्वाेच्च अदालतमा ‘फुलकोर्ट’ बैठक बस्ने

काठमाडौं । सर्वोच्च अदालतमा सोमबार बसेको न्यायाधीशहरूबीचको बैठकले शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ डाक्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा न्यायाधीशहरुलाई सोमबार छलफल डाकेका थिए । छलफल शुक्रबार फुलकोर्ट बैठक डाक्ने निर्णयका साथ सम्पन्न भएको थियो ।

न्यायालय सुधारका लागि शुक्रबार सर्वोच्चको पूर्ण बैठक बोलाउने निर्णय भएको बताइएको छ । उक्त बैठकमा न्यायाधीशहरूलाई विभिन्न प्रस्तावहरु राख्न आग्रह गरिएको छ ।

सोमबारको बैठकले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरेर समस्या समाधानको निकास खोज्ने सहमति गरेको छ ।

नेपाल बार एसोसिएसनको आग्रहबमोजिम १२ बजेबाट मात्रै सुरु हुँदै आएको इजलास अब बिहान ११ बजेबाट नै सुरु गर्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा एक खालको सहमति भइसकेको छ भने सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..