चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड गरेको आरोपमा पाँचजना पक्राउ


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।


गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी भएको बताए ।

उनले भने–‘त्यो विषय अनुसन्धानकै क्रममा छ ।’आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडी काँडाघारीमा गिरी चढेको प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट गाडीको पछाडीको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) दिइएको छ ।


चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगबिरुद्ध आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसीप पुरा गर्न बाँकी विद्यार्थीले गिरीमाथी दुव्यवहारको प्रयास गरेका थिए । उनिमाथी पटक पटक आक्रमण प्रयास हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..