सशस्त्र प्रहरीमा तेह्र लाख काण्डले हाे हल्ला


धनुषा ।सशस्त्र प्रहरी बलकाे मधेस प्रदेशमा गत साेमबार तेह्र लाख काण्डले बेश देखि बाहिनी सम्म खैलाबैला र हाे हल्ला हुन पुग्यो । काम देखाउन र जस लिन मैले समातेको मात्रै हाेइन पक्राउ गरेका व्यक्ति र बरामद सवारीसाधन छाेडेर रकम लिने चलखेल पनि एक हवलदारले गर्दा नपाए पछि सई र निरीक्षक बीच पनि धेरै भनाभन भएको उजागर भएको छ।


नेपाल भारत सीमामा रहेको सशस्त्रको इटर्वा फरवार्ड बेशका हवलदारले चेकजाँचकाे क्रममा एक भारतीय नागरिकलाई पक्राउ गरे । उनलाई खानतलासी गर्दा उनको साथबाट १३ लाख चालिस हजार नगद बरामद भयो । नेपाली नम्बर प्लेटकाे माेटरसाइकल सहित पक्राउ परेका ती भारतीय नागरिकबाट २० लाख रूपैयाँ नेपाल एसबीआई बैंकमा जम्मा गर्न तयारी अवस्थाकाे भाैचर पनि बरामद भयो ।

पक्राउ गर्ने हवल्दारले तुरुन्तै आफ्ना हाकिम बेशका सई पर्शुराम उराउलाई जाहेर गरे । सई उराउले तत्कालै एक जवानलाई लिएर पक्राउ परेका व्यक्ति , रकम र माेटरसाइकल तालुकदार बिअाेपी धनाैजी लगे। उक्त बिअाेपीका प्रमुख हुन सशस्त्र प्रहरी निरीक्षक रबि बस्नेत ।

त्यसपछि निरीक्षक बस्नेतले प्लास्टिकको झाेलामा १३ लाख ४० बेवारिसे अवस्थामा बरामद भएको भनी सशस्त्रको ८ नम्बर गणका गणपति प्रकाश कुमार सुबेदीलाई जाहेर गरे तर पक्राउ व्यक्ति र बरामद माेटरसाइकल निरीक्षक बस्नेतले छाेडिसकेका थिए। एकातर्फ बेशले पक्राउ गरेको रकम मैले पक्राउ गरेको भनी बस्नेतले रिपोर्टिङ गरेपछि रिसाएका सई उराउले पक्राउ गर्ने हवल्दारलाई एसपी देखि डिआइजी गणेश ठाडा मगर कहाँ फाेन गर्न मात्रै लगाएनन कि मान्छे र साधन छाेडेकाे सुचना पनि दिन लगाए। पक्राउ व्यक्ति र माेटरसाइकलकाे तस्बिर एवं भिडियो समेत खिचेकाे प्रमाण डिआइजी मगर कहाँ पुग्यो ।


त्यसपछि डिआइजी मगरले निरीक्षक बस्नेतलाई पक्राउ व्यक्ति र बरामद माेटरसाइकल समेत मलाई चाहिन्छ भनेपछि अात्तिएका निरीक्षक बस्नेतले भारतीय क्षेत्रमा अाफ्ना प्रहरी पठाई डेढ घण्टामा ती व्यक्तिलाई पक्राउ गरेर रकम सहित कारबाहीका लागि भन्सार पठाए ।यसबाट सीमामा हुने रकमको चलखेलकाे पुष्टि हुन्छ । निरीक्षक बस्नेत यो काण्डमा नाङगिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..