भरुवा बन्दुक बनाउने फलामे पाईपसहित सशस्त्र प्रहरीद्वारा दुई पक्राउ

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारती छन् ।मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाईपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो ।


पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..