काठमाडौं । सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ अधिकारी घोषित भएका छन् । उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, सहाय प्रहरी निरीक्षकहरु शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धर कुमार चौलागाईं छन् ।
बढ्दो कोरोनाका कारण यसपटक केन्द्रमा सशस्त्र प्रहरीको मुख्यालय र काठमाडौं उपत्यकाका इकाइहरुबाट उत्कृष्ण घोषित र पुरस्कृत गर्न लागिएको हो । अन्य बाहिनी, गण, गुल्म र बीओपीमा उत्कृष्ट हुनेहरुको घोषणा र पुरस्कार वितरण सोही स्थानमा हुने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २१ औं स्थापना दिवस आज मनाउन लागेको हो ।
कोरोनाको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा थोरै अधिकारीको मात्र उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक बलको नेतृत्वबाट केही महिनापछि अनिवार्य अवकाशमा जान लागेका महानिरीक्षक शैलेन्द्र खनालले यतिबेला जिम्मेबारी आफुपछि महानिरीक्षकको लाइनमा रहेका डीआइजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र चन्दप्रकाश (सीपी) गौतमको काँधमा विस्तारै हस्तानान्तरण गर्दै लगेका छन् ।


