माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लगाइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले आगामी माघ २० गते बस्ने प्रदेशको नवौँ हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगोमा पुर्याउने बताए ।

उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’

सोमबार प्रदेश २ को नाम र राजधानी टुंगोमा पुगेसँगै ७ प्रदेशमध्ये प्रदेश १ को नाम र राजधानी तोकिन बाँकी रहेको छ । सोमबार प्रदेश २ ले मधेश प्रदेशसहित राजधानी जनकपुरधाम टुंगो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..