ताल्छिखेलमा कौडा खेलिरहेका ७ पक्राउ


ललितपुर । ललितपुरको ताल्छिखेलबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका–१५ ताल्छिखेलस्थित मनिष पण्डितले भाडामा लिएको घरमा कौडा खेलीरहेका ७ जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

पक्राउ पर्नेमा बारा घर भएका २४ वर्षीय रोशन कुमार शाह, चितवनका २९ वर्षीय विनोद नेपाल, ललितपुर घर भएका पवित्र महर्जन र महेश श्रेष्ठ छन् ।धादिङ घर भएका २४ वर्षीय मनिष पण्डित, ललितपुर घर भएका ४१ वर्षीय विकाश शाक्य र ३२ वर्षीय सुमन महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले जुवा खालबाट १ लाख १३ हजार नगद र १६ वटा कौडा बरामद गरेको छ । अदालतबाट ७ दिनको म्याद लिएर आरोपीहरुबारे अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..