उपचारपछि प्रधान सेनापति शर्मा स्वदेश फिर्ता


काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्मा स्वास्थ्य उपचार सकेर स्वदेश फिर्ता भएका छन्। मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि शर्मा उपचारका लागि गत आइतबार (पुस १८ गते) भारतको दिल्ली गएका थिए।

भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार समेत सम्हालिसकेका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या आएपछि शर्माले मन्त्रिपरिषद्‌बाट १३ दिनका लागि घरबिदा स्वीकृत गराएका थिए। शर्माको उपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..