कालिज मार्न जंगल जाँदा १ जनाको मृत्यु


काठमाडौं । लिज मार्न भन्दै भरुवा बन्दुक बोकेर जंगल गएका स्याङ्जाका ७ जनामध्ये १ जनाको बन्दूक पड्किँदा छर्रा लागेर मृत्यु भएपछि प्रहरीले अन्य ६ जनालाई पक्राउ गरेको छ। साथमा बोकेको भरुवा बन्दुक पड्किँदा १ जनाको मृत्यु भएपछि स्याङ्जा प्रहरीले अन्य ६ जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिका वडा-१ बस्ने २७ वर्षीय सूर्य बन्ने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर बिक, २४ वर्षीय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र १८ वर्षीय किशोर रहेका छन्।

आँधिखोला गाउँपालिका-१ कालिखर्क जंगलमा ७ जना व्यक्तिहरू अवैध भरूवा बन्दुक लिइ वन कुखुरा (कालिज) मार्न भनेर जंगल पुस २० गते राति सोही ठाउँ बस्ने २७ वर्षीय मनोज बिकको भरूवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएको थियो। ‘घटनामा संलग्न रहेका’ उनीहरुमध्ये भिम, १८ वर्षीय किशोर, रेवत र धनलाई सोही दिन तथा फुननारायणभ र साजनलाई शुक्रबार रूपन्देही बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट १ थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।


उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..