कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।


बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..