सपना बाँढ्नु भन्दा जनताका आधारभूत अवश्यकता पूरा गरौँ : महामन्त्री शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको अवश्यकता भएको बताएका छन् ।

विहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले केपी ओलीले जनतालाई हिमाल पहाड तराईमा चुच्चे रेलको सपना बाँढेर जनता झुक्याएको र अहिले आफू पतनको बाटोमा लगेको बताएका हुन् ।

शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताएका छन् । यो आन्तरिक लडाई भएकाले हार र जित नभएको बताए ।

यस्तै शर्माले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई बताएका छन् । उनले एक प्रसंगमा नेपालमा अब एक, दुई, तीन, चारको व्यवस्था लागू गर्नुपर्ने पनि बताएका छन् ।

उनले भने, ‘अब नेपालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक संसद् भन्दा बढी सपथ लिने व्यवस्था नै नराखौँ ।’ महामन्त्री शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..