एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छ : गृहमन्त्री खाँड

पोखरा । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे ।

‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ, त्यसैले योअघि बढ्नुपर्छ ।’ संसद्बाट एमसीसी पास गर्न दल सहमत हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले अर्को प्रसंगमा ‘ आगामी वर्ष सबै तहका निर्वाचन समयमै हुने’ दाबीसमेत गरे । ‘निर्वाचन शान्तिपूर्ण ढंगले समयमै हुन्छ, सरकारले त्यसका लागि शान्तिसुरक्षा प्रदान गर्ने छ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुने छन् ।’

पर्यटकीय नगरी पोखरा लेकसाइड क्षेत्र चौबिसै घण्टा खुला गर्ने बताउँदै उनले आवश्यक शान्ति सुरक्षा प्रत्याभूत गर्नेगरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौंको ठमेल, चितवन सौराहा र पोखरा लेकसाइडलाई चौबिसै घण्टा खुला गर्नेगरी तयारी अगाडि बढाएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..