कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

काठमाडौं। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्डे र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् ।

लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ। अध्यक्ष मिश्रले संयोजक पाण्डेमाथि पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर लगातार पार्टीलाई गम्भीर क्षति र्पुयाउने काम गरेको आरोप लगाएका थिए ।

गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको लाइन मिश्रले लिएपछि विवेकशील साझमा विवाद बढ्दै गएको थियो । साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायका पूर्व विवेकशील पक्षलाई पार्टी विहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..