सशस्त्र प्रहरीद्वारा गाँजा बरामद


सिरहा ।सिरहा सशस्त्र प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाँजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..