बिमा समितिको सञ्चालकमा अर्थमन्त्रीका नातेदार


काठमाडौं । सरकारले नियमनकारी निकाय बिमा समितिको दुई सञ्चालक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले शोभाकान्त पौडेल र सन्तोष रिजाललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो ।

पौडेल आन्तरिक राजश्व विभागका महानिर्देशक हुन् । बिमा गरेका व्यक्ति (बिमित)हरुको तर्फबाट नियुक्त भएका रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो हुन् । जोसुकै बिमितलाई नियुक्त गर्न पाउने व्यवस्था भएकाले बिमा गरेका व्यक्तिको तर्फबाटअर्थमन्त्रीले नातेदार लगेका हुन् ।

रिजाल अध्यापन पेशामा रहेका छन् । बिमा समिति बिमा क्षेत्रको सर्वोच्च निकाय हो । बिमा कम्पनीहरुको नियमन तथा सुपरीवेक्षणको अधिकार भएकाले बिमा समिति सरकारी नियुक्तिका लागि आकर्षक निकाय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..