३० किलो ५०० ग्राम गाँजासहित दुई जना पक्राउ


मकवानपुर। मकवानपुर प्रहरीले ३० किलो ५०० ग्राम अवैध लागूऔषध गाँजा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् ।

उनीहरुलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गरी ३० किलो ५ सय ग्रामलागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..