कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित

धनुषा । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।


उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्णा नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुन्छ भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ ।

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..