कृष्ण यादवलाई कांग्रेस प्रदेश २ को सभापति उम्मेदवार बनाउने देउवा पक्षको निर्णय

काठमाडौंन। नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधिवेशनका लागि सभापति शेरबहादुर देउवा पक्षले प्रदेश सभापति पदको उम्मेदवार तय गरेको छ।रौतहट कांग्रेस सभापति कृष्ण यादवलाई प्रदेश नम्बर २ को सभापतिको उम्मेदवार बनाउने निर्णय देउवा पक्षले गरेको छ।

१३ औं महाधिवेशनबाट यादव रौतहट कांग्रेस सभापति निर्वाचित भएका थिए। रौतहटमा १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी छ।संस्थापन पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू रमेश रिजाल, आनन्द ढुंगाना, सुरेन्द्रराज पाण्डे, उदयशम्शेर राणा, रामहरि खतिवडाले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका छन्।
प्रदेश अधिवेशन गराउन कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजाललाई संयोजक तोकेको छ। आज उम्मेदवारको मनोनयन दर्ता र बुधबार मतदान हुनेछ।

यस्तै विमलेन्द्र निधिनिकट रामसरोज यादव पनि सभापति पदमा उठ्ने भएका छन्। प्रदेश २ संसदीय दलका नेता र भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका रामसरोजलाई नेता शेखर कोइराला पक्षबाट पनि समर्थन जुटाएर प्रदेश सभापति उम्मेदवार बनाउने तयारीमा निधि छन्।


छ वटा प्रदेशमा यसअघि नै प्रदेश अधिवेशन भइसकेको छ। केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा आजदेखि प्रदेश अधिवेशन गर्न लागिएको छ।प्रदेश अधिवेशनबाट उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्यहरू चयन हुनेछन्।


प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य तथा भातृ र शुभेच्छुक संघसंस्थाबाट तोकिएका निश्चित प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..