अवैध जडीबुटी जन्य वनस्पति सहित पक्राउ


संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो सवा बाह्र बजे मकालु-३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका-३ का २३ बर्षिय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..