कर्तब्य ज्यान कसुरमा संलग्न दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन ।

गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..