श्रृंखलावद्ध चोरीमा संलग्न २ जना पक्राउ


मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित पथरी बजारमा श्रृंखलावद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी-१ का १९ बर्षिय निमा तामाङ र १९ बर्षिय सन्तोष सुब्बा रहेका छन् ।

उनीहरु विभिन्न मिति र समयमा मोबाईल चोरी, सवारी साधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतमा संलग्न रहदै आएका थिए । उनीहरुको साथबाट मोवाईल-३ थान, ट्यावलेट-१ थान, चाँदीको सिक्री-१ थान, गाडीको चावी-१ थान समेत बरामद गरिएको छ । यसअघि निमा तामाङलाई पथरी शनिश्चरेबाट डाका मुद्धामा सम्मानित जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो ।

पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..