कर्तब्य गरी ज्यान मार्ने १ जना पक्राउ

झापा । धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० बर्षिय अर्जुन लिम्बु रहेका छन ।

मंसिर २९ गते दमक नगरपालिका-६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक-२ का २५ बर्षिय तेज प्रकाश पराजुली धराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि.एण्ड.सि. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दमक-१ का २० बर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति दिएको हो ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्वुलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..