स्रोत नखुलेको १८ लाखसहित वीरगञ्जबाट २ जना पक्राउ

वीरगञ्ज। स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता पक्राउ परेका हुन् ।

आईतबार दिउँसो ३ बजे वीरगञ्ज–८ घण्टाघर स्थित सडकखण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना. १६ प. ५४४६ नम्बरको मोटरसाइकलमा सवार चन्दनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख फेला परेको प्रहरीले जनाएको छ ।कारोबारमा संलग्न रहेको आरोपमा ओमप्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..