ट्रयाक्टरमा ठक्कर खाई मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझार स्थितमा ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् ।

हिजो बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..