मोटरसाईकल चोरी गर्ने तिन जना पक्राउ


झापा । झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय-८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।

झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको FZ मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..