राैतहट। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा राैतहटकाे विभिन्न नाकाहरूबाट भैंसी र रांगाकाे तस्करी व्यापक मात्रामा चलेको छ। शनिबार र मंगलबार कुडिया बजारमा हाट लाग्ने र त्यसको लागि भैंसी र रांगाकाे ठूलो तस्करी चलेको हो ।
मढिया नाकाबाट भारतीय नागरिक चन्दन साहले दैनिक जसाे दुई सय वटा भैंसी र रांगाकाे तस्करी गरिरहेका छन् ।साह भारत बसन्तपुरका बासिन्दा हुन ।त्यसैगरी राैतहट मन्सरीका कान्छाले पनि दैनिक सय वटा भैंसी र रांगा रामपुरखापकाे नाका प्रहरी गरि नेपाल ल्याउने गरेका छन् ।
त्यसैगरी राैतहटकाे कुडिया राजपुर घर भएका इन्ताजुलले पनि जयनगर नाकाबाट दैनिक सय वटा भैंसी र रांगाकाे तस्करी गर्दै आइरहेका छन् । बिहान पाँच बजे उनीहरूले सुरक्षाकर्मीकाे सेटिङमा यसरी तस्करी गरिरहेका हुन ।


