हत्या आरोपमा युवक पक्राउ

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका–७ बाट प्रहरीले हत्या आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय दिपेन्द्र थापा छन् । ४६ वर्षका स्थानिय पिरु भण्डारीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रोजगारका लागी भारत जाँदै गरेका छोरालाई गाडी चढाएर फर्किँदा मृतक भण्डारीले युवकसँग विवाद गरेका थिए ।
दिपेन्द्र थापाको पानी घट्टमा विवाद हुँदा कुटपिट गरेर धकेलेको र पछारिएर घाइते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..