कांग्रेसको ललितपुर सभापति चयन गर्न दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा भएको निर्वाचनमा तीनमध्ये कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान हुने भएको छ ।शनिबार भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
सभापति चयनका लागि १,३२२ जनाले मतदान गरेकामा रामकृष्ण चित्रकारले ५०४, जितेन्द्रकुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाए । पहिलो चरणमा कुनै पनि उम्मेदवारको बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार सभापति पदमा चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदानमा सभापतिका उम्मेदवार महर्जनले श्रेष्ठलाई समर्थन गर्ने स्रोतको भनाइ छ । कार्यसमितिमा संयुक्त प्यानल घोषणा गरेका उनीहरुबीच दोस्रो चरणमा बढी मत ल्याउनेलाई सहयोग गर्ने समझदारी भएको थियो ।
श्रेष्ठ र महर्जनले कांग्रेस नेता उदयशम्शेर राणाको समूहबाट उम्मेदवारी दिएका हुन् । चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको छ ।

पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहमै रहेपनि जिल्लामा भने अमात्य र राणाले छुट्टाछु्ट्टै प्यानल बनाएका हुन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनदेखि उनीहरु प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..