अमर गिरीले छाडे एमाले एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् ।
हाल एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले बुधबार प्रेस वक्तब्य जारी गरी पार्टी परित्याग गरेको जनाएका छन् ।
उनले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशा विपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाउँदै दक्षिणपन्थी विचलनको आफूले सदैव आलोचना गर्दै आएको बताएका छन् । उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको पनि आरोप लगाएका छन् ।एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा र त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपथ्र्यो तर त्यसो भएन । सुरु भएको दसौँ महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरीले बताएका छन् ।

साथै, उनले नेकपा (एकीकृत समाजवादी) गठनको औचित्य पुष्टि भएको जनाउँदै आजैको मितिदेखि नेकपा एसमा प्रवेश गरेको घोषणा गरेका छन् । लामो समय शिक्षण पेशामा रहेका गिरी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञदेखि चलचित्र विकास बोर्डको अध्यक्षसम्म भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..