‘गुन्डानाइके’ गिरीको पक्षमा मोरङ कारागार अगाडि प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङअगाडि सोमबार पनि प्रदर्शन गरिएको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै चौकीदार कात्तिक कामतविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रदर्शनको नेतृत्व काङ्ग्रेस विराटनगरका सहसचिव सचिन पोखरेलले गरेका छन् । पोखरेलले कारागारमा भइरहेको बेथितिविरुद्ध आन्दोलन थालिएको बताए ।
तर आपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउनलाई वल पुर्‍याउनका लागि काङ्ग्रेस कार्यकर्ताहरूले दिनै प्रदर्शन गरिरहेका हुन् । गिरीकै योजनामा कारागार लामो समयदेखि अशान्त बनिरहेको छ ।
गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका नामुद अपराधी हुन् । काठमाडौँको डिल्लीबजार कारागारबाट ल्याइए पनि अनेक अवरोधका कारण मोरङ कारागारमा प्रवेश नपाएपछि उनकै योजनामा अनेक लफडा भइरहेको हो । गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ । उनी समर्थक काङ्ग्रेसका नेताकार्यकर्ताले मोरङ कारागारअगाडि आइतबार पनि प्रदर्शन गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आन्दोलन हुन थालेपछि कारागार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको बताए । गुन्डा नाइके गिरीको शुक्रबार कारागार व्यवस्थापन विभागले पुनः मोरङ कारागार सुरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..