तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात

काठमाडौँ । मुलुक कृषि प्रधान देश भए पनि बर्सेनि खाद्यान्नको आयात बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र करिब पौने १८ अर्ब रूपैयाँको चामलसहित खाद्यान्न आयात भएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने देखिएको छ।

धान नष्ट भएपछि स्वाभाविक रूपमा आयात बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बताए।

‘विगतमा पनि मिठोमसिनो चामल आयात हुन्थ्यो,’कार्कीले भने, ‘यो वर्ष बाढीले धेरै क्षति भएकाले स्वाभाविक रूपमा चामल आयात बढ्छ।’ गत आर्थिक वर्षमा ७९ अर्ब ५९ करोड रूपैयाँको खाद्यान्न आयात भएको थियो।

मुलुकमा सरदर मासिक ६ अर्ब रूपैयाँको खाद्यान्न आयात हुँदै आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ अर्ब ७० करोड ८४ लाखको चामलसहित खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ। याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..