सिरहाको मारुती सिमेन्ट सहित तिन सिमेन्ट गुणस्तर हिन बिक्री वितरणमा रोक्

सिरहा । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।

‘सिराहाकाे गाेलबजार नगरपालिका ९मा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबावु पुडाशैनीले भने, ‘कम्पनीले ४३/५३ ग्रेड भएको दाबी गरेपनि त्यो देखिएन ।’

पुडाशैनीका अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो ।

‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छौं ।’ ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।

त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।
बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ ।

सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..