फरार प्रतिवादी २२ वर्षपछि पक्राउ


अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले व्यक्ति हत्याका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गर्न सफल भएको छ । साविक जलुके गाविस–४ हाल सितगंगा नगरपालिका–७ का खिमबहादुर पुलामीलाई फरार रहेको २२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत अर्घाखाँचीले २०५६ साल असार १८ गते पुलामी सहितका ४ जनालाई कर्तब्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापाका अनुसार पुलामीसहित ४ जनाको साङ्घातिक आक्रमणबाट स्थानीय भीमबहादुर क्षेत्रीको निर्मम हत्या गरिएको थियो ।

हत्यामा संलग्नमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।
हालसम्म फरार पुलामीलाई प्रहरीले कार्तिक १६ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजकै घर नजिकबाट पक्राउ गरेको जनाइएको छ ।

पुलामीलाई अदालतमा पेस गरी कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..