संखुवासभा हत्याकाण्ड : अपराधीले यसरी पालैपालो हत्या गरेका थिए

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्याका अभियुक्त आइतबार सार्वजनिक गरियो । आईतबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले सङ्खुवासभाको चैनपुरमा पत्रकार सम्मेलनगरि अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दा धेरैले एउटा परिवारको वंश विनाश भएको त्यो त्रासदीलाई सम्झिए ।

अपराध लुकाउन अर्को अपराध गर्छन मानिसहरु । यस्तै भयो संखुवासभाको मादी नगरपालिका १ मम्लिङको खोला गाउँमा पनि । जहाँ यस्तै अपराधको शिकार बन्दा एक परिवारको वंश नै नाश भएको छ ।नेपाली समाजमा बढ्दै गएको क्रुर र अमानवीय घटनाको एउटा कहालीलाग्दो रुप संखुवासभाको मादीमा घट्दा धेरैले मोरङको मिक्लाजुङमा दुई परिवारको वंश विनाश हुने गरि भएको घटना र रुकुमको चौरजहारी सोतीमा घटेको घटनालाई पनि स्मरण गरेका छन् ।


संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्याका अभियुक्त आइतबार सार्वजनिक गरियो । आईतबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले सङ्खुवासभाको चैनपुरमा पत्रकार सम्मेलनगरि अभियुक्त २५ बर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दा धेरैले एउटा परिवारको वंश विनाश भएको त्यो त्रासदीलाई सम्झिए । अभियुक्तकार्कीले नातामा ठुलो बुवा पर्ने तेजबहादुर कार्कीलाई मात्रमार्न खोजेको तर परिवारका अन्य सदस्यहरुले पनि देखेपछि प्रमाण मेटाउन उनीहरुलाई पनि मारेको स्वीकार गरेका छन् । तेजबहादुरले गत सोमबार विहान ५ बजे तिर नै अभियुक्त कार्कीको घरमा धान गोड्ने खेतला बोलाउन पुग्दा भतिज लोकबहादुर सुतिरहेको भेटेपछि गाली गरेका थिए ।त्यसअघि पनि सुध्रिने अपेक्षा सहित तेजबहादुरले लोकबहादुरलाई गाली गर्दै आएका थिए । तर सोमबार विहानको गाली तेजबहादुरलाई मात्र महंगो परेन पूरै परिवारले त्यस्को बोझ बोक्नु पर्यो । यो घटनापछि नेपाली समाज अत्यन्त क्रुर र निर्दयी बन्दै गएको भन्ने समेत पुष्टि भएको छ ।खेताला खोज्न निस्किएका थिए उनलाई लोकबहादुरले बाटोमा ढुकेर बसेका थिए । त्यसपछि उनले अचानक तेजबहादुरमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
। अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार टाउको पछाडिबाट हिर्काएर लोकबहादुरले तेजबहादुरको हत्या गरेका थिए । तर, उक्त दृश्य तेजबहादुरकी पत्नि र बुहारीले देखेपछि दौँडिदै आएका थिए । उनीहरुलाई पनि पालौपालो ह्यामरले हानेर हत्या गरिएको थियो।आमा र हजुरआमाको हत्या गरेको दृश्य देखेका ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको पनि प्रमाण मेटाउन भनि लोकबहादुरले बारीमा लखेटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
नाती नातिनीको हत्या गरेपछि घरमा पसेर ८४ वर्षीया बिरामी पार्वती कार्कीको हत्या गरेको अनुसन्धानमा खुलेको छ । आरोपीले बयान दिएअनुसार नै मृतक सबैको टाउकोमा चोट लागेको छ ।गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए । अभियुक्त कार्की घटनाको अघिल्लो रातभर नसुति विक्षिप्त मानसिक अवस्थामा रहेको खुलेको छ। अभियुक्त कार्कीका बुवाको आर्थिक अवस्था कमजोर रहेकाले मर्ने बेलामा तेजबहादुरलाई छोराको रेखदेख गरिदिन भनेका थिए। त्यसैले तेजबहादुर अभियुक्तको घरमा बेला बेलामा जाने गर्थे। त्यही क्रममा सम्झाउने, काम अराउने मात्रै नभइ हप्काउने समेत गर्थे। यो कुरा लोकबहादुरलाई मन पर्दैनथ्यो। उनले यो कुरालाई गम्भीर रुपमा लिँदै आएको प्रहरीसमक्ष बताएका थिए । उनी बेलाबेलामा आक्रोशित हुने, नजिकमा रहेकाहरुलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने,राति नसुत्ने र एक्लै हिँड्ने र घरका सदस्यसँग झैझगडा गर्ने स्वभावको रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनी पटकपटक विदेश गएका थिए। विदेश जाँदा लिएको ऋण, आमाको उपचार र किरिया खर्चको जोहो गर्न नसक्दा जग्गा समेत बेचेका थिए। जुन कुराले उनलाई हिनताबोध गराइरहेको हुन्थ्यो । सबैको हत्यापछि लोकबहादुरले घटनामा प्रयोग गरेको चिरपट आफ्नै घरको अगेनामा हाली नष्ट गरे। घटनास्थलमा शवहरु ४ वटा फरकफरक स्थानमा भेटिएका थिए। सबैभन्दा पहिले शारीरिक रुपमा बलिया तेजबहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेका थिए। त्यसपछि महिलाहरु, नाबालकहरु र वृद्धमाथि एउटै चिरपटले हानेर हत्या गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..