हत्या आरोपी सैनिक जवान ढकाललाई जन्मकैदको फैसला

काठमाडौं । सैनिक हुद्दा गुरुङको हत्या आरोपमा एक सैनिक जवानलाई जन्मकैद फैसला सुनाइएको छ । गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने नेपाली सेनाको समरी जनरल सैनिक अदालतले निर्णय गरेको हो ।


ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी गराए । उनका अनुसार सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो ।


उनका अनुसार ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको छ । गत साउन साउन ७ गते भरतपुर महानगरपालिका वडा नम्बर १७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको हत्या भएको थियो ।


त्यस्तै ढकालको बयानबाट उनले एसएमजी हतियार चोरेर साथीलाई गोली हानेको खुलासा भएको थियो । उक्त घटनामा सेनाले यही भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..