पत्रकार मोजीबुल्लाहा र गुलाबलाई ससम्मान रिहा गर्न पत्रकार महासंघ प्रदेश २ को माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले पत्रकारहरुको मानमर्दन गर्ने र अभद्र व्यवहार गर्नेलाई कारवाहीको गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा प्रदेश नं २ कै रौतहट जिल्लाबाट संचालित रौतहट एक्सप्रेसका संचालक पत्रकार महमद मोजिबुल्लाहा तथा उनी चढेको मोटरसाइकलका चालक रौतहटकै राजपुर निवासी गुलाबलाई गत साउन महिनाको ३२ गते रातको ८ बजे गौरको होटल ग्रिन सिग्नलबाट पक्राउ गरेको घटनाले रौतहट प्रहरीको प्रेस प्रति हेर्ने कुत्सीत मनोवृतिलाई उजागर गरेको छ ।

होटल अगाडि रोकिराखेको पत्रकारको मोटरसाइकलमा रौतहट प्रहरीकै अपराध अनुसन्धानमा खटिएका घुमुवा प्रहरी सहायक निरिक्षक उदय प्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरी र अन्य आपराधिक प्रकृतिका व्यक्तिहरुले लागु औषध राखेर फसाउन खोजेको प्रमाणित सिसि क्यामेरा फोटोले गर्दा समेत निरापराध पत्रकार लगायतलाई हालसम्म पनि ससम्मान रिहा नगर्दा कानुनी शासनको खिल्ली उडेको छ ।

अत दोषीलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन उच्च स्तरिय छानबिन समिती गठनको माग गर्नु भएको छ । अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिदै सत्य र न्यायको पक्षमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले संचालन गर्ने जस्तोसुकै आन्दोलनमा प्रदेश समितीको ऐक्यबद्धता रहेको समेत जानकारी गराएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश कमिटी बाध्य भएर मानहानी र साईबर क्राइम अन्र्तगत कानुनी कारवाहीको लागि उत्रने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..