आठ लाख घुसको रकम फालेर गाउँपालिका अध्यक्ष फरार , सवारी चालक पक्राउ

धनुषा । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख रुपैयाँ घुस बाटामै फालेर फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेको थाहा पाएपछि उनी उक्त घुस बाटामै फालेर फरार भएका छन् । राउत सवार गाडीका चालक वीरबहादुर मगर पक्राउ परेका छन् ।

वडाध्यक्ष राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट टोली खटिई गएको थियो ।


अध्यक्ष राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कर्पियो गाडीमा रु. ८ लाख अतिरिक्त रकम लिई भाग्ने क्रममा धनुषाको छिरेश्वर नगरपालिका वडा न ५ को बाटो हुँदै गएका थिए । अख्तियारको टोलीले उनको पिछा गर्न नछाडेपछि उनले उक्त ८ लाख घुसको रकम फ्याकी फरार भएका छन् ।

उनका सवारी चालक मगरलाई वटेश्वर वडा नं. ४ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।अख्तियारको टोलीले ८ लाख रुपैयाँ छिरेश्वर न.पा. वडा नं ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेलापारी सोमबार सवारी चालकलाई र उक्त रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..