ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ


सुर्खेत । मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए ।


डीएसपी घर्तीका अनुसार मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डीएसपी घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..