आईजीपी शैलेश थापाले भने-बर्दीमा दम्भ देखिनु हुन्न

काठमाडौं । आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरुले आफूलाई प्रहरी अधिकारी भन्दा पनि चिकित्सकको रुपमा लिनुपर्नेमा जोड दिएका छन्।प्रहरी महानिरीक्षक ( आईजीपी ) क्षेत्रीले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवाहरूमा कमि नआउने गरी कार्य गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिए।

प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले प्रहरी स्वास्थ्यकर्मीहरुलाई भने , ‘युनिफर्म बर्दीले कतिपय प्रसंगमा दम्भ सिर्जना गर्छ । तर, चिकित्सक पेशाले निस्कामभाव माग्छ । तपाईहरु दुवै चिज एकै साथ गरिराख्नुभएको छ । त्यसकारण तपाईहरुको युनिफर्मको कारण चिकित्सा पेशामा दम्भभाव नआओस्’ ।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल प्रा.लि र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य सेवामा सहकार्यका लागि नेपाल प्रहरी अस्पताल चयन गरेकोमा घुन्सा फाउण्डेसनलाई आईजीपी क्षेत्रीले धन्यवाद दिएका छन्।

कार्यक्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले रक्तदान गर्ने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेकी छन् । कोभिड-१९ का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने पनि उनले उल्लख गरिन ।

अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले पनि आफ्नो भनाइ राखेकी थिइन । कार्यक्रममा १ सय ६ जना पुरुष र २४ जना महिला गरी कुल १ सय ३० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, इम्पेरिएर बिजनेश कलेजका बिद्यार्थीहरु, सामाजिक अभियान्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..