मकवानपुरमा बाल विवाह नियन्त्रणका लागि धार्मिक अगुवाहरुको प्रतिवद्धता

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज गरिएको सचेतनामूलक कार्यक्रममा विभिन्न धार्मिक संघ संस्थामा आवद्ध अगुवाहरुले बाल विवाह नियन्त्रण र रोकथामका लागि आफ्ना समुदायमा भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
नेपाल प्रहरीको सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको सो कार्यक्रममा सहभागी धार्मिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सोमेन्द्र सिंह राठौरको सभाध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा हेटौँडाको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ जिल्ला सचिव आत्माराम मोक्तान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, कलाकार सुसान्त श्रेष्ठ, नेवार समुदायबाट महेश्वरमान श्रेष्ठ, इसाई समाजका सचिव मिलन सेढाईं, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेनलगायतकाले मन्तव्य सहित प्रतिवद्धता व्यक्त गरेका थिए ।

मकवानपुर प्रहरी प्रमुख राठौरले बाल विवाहको बर्तमान अवस्था र विद्यमान कानुनी व्यवस्था बारे उपस्थितहरुलाई जानकारी गराएका थिइ । कार्यक्रममा मकवानपुर प्रहरी प्रवक्ता ईन्द्रबहादुर राना सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..