भारतिय नक्कली नोट सहित दुई जना पक्राउ

मोरङ, पुस १६ गते बिहिवार ।

सुरक्षा खबर

मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन ।

BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यसरी नक्कली भारतिय रुपैया सहित पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..