कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजन अधिकारीले सम्हाले प्रदेश प्रमुखको जिम्मेवारी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर २७ गतेको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पौष ३ गते कार्यभार सम्हाल्नु भएको हो ।

वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।


प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई प्रहरीको एक टुकडिले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की

सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्ने बताएका छन् । शनिबार..